Skip to content
LAXMI SUNRISE BANK

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा आगलागी 

अर्थ सरोकार

काठमाडौँ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा आगलागी भएको छ । बिहीबार बिहान ललितपुरको कुपन्डोलस्थित सहकारीको कार्यालयमा आगलागी भएको हो । 

सहकारीमा भएको आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आगलागी नियन्त्रणमा ललितपुर महानगरपालिकाका ३ वटा दमकल प्रयोग गरिएको थियो । 

प्रहरीका अनुसार सहकारीमा भएको आगलागीको कारण भने खुलेको छैन । 

आगलागीबाट सहकारीमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । हाल उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आगलागी भएको भवनमा अन्य तीन वटा सहकारी पनि रहेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK