काठमाडौँ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा आगलागी भएको छ । बिहीबार बिहान ललितपुरको कुपन्डोलस्थित सहकारीको कार्यालयमा आगलागी भएको हो ।
सहकारीमा भएको आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आगलागी नियन्त्रणमा ललितपुर महानगरपालिकाका ३ वटा दमकल प्रयोग गरिएको थियो ।
प्रहरीका अनुसार सहकारीमा भएको आगलागीको कारण भने खुलेको छैन ।
आगलागीबाट सहकारीमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । हाल उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आगलागी भएको भवनमा अन्य तीन वटा सहकारी पनि रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्