×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक अवस्था कमजोर भएका किशोरी खोजेर अञ्जलीले चलाएको ‘न्युड च्याट’ बिजनेशको नालीबेली (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आर्थिक अवस्था कमजोर भएका किशोरी खोजेर अञ्जलीले चलाएको ‘न्युड च्याट’ बिजनेशको नालीबेली (भिडियो)

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । एक पटक यिनी अञ्जली अधिकारीको तस्विर हेर्नुहोस् त । ज्यानमा रातो कुर्ता, कानमा झुम्का, गलामा सेतो सिक्री । न उखरमाउलो मेकअप, न भड्किलो पहिरन । झट्ट हेर्दा निकै संस्कारी । तर अञ्जलीले गर्ने गरेको धन्दा भने यति गन्धा कि छ कि के भन्ने । उनले गरेको धन्दा सामाजिक रुपमा गलत मात्र छैन, कानुनी रुपमा दण्डनीय पनि छ । हो, यिनै अनुहारले सोझी र पहिरनले संस्कारी देखिने अञ्जलीले उमेर नै नपुगेका किशोरीहरूलाई यौन क्रियाकलापमा लगाउने गरेको खुलासा भएको छ । र प्रहरीले अहिले उनलाई पक्राउ गरेको छ । 

अन्जलीको घर सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ हो । र हाल उनी काठमाडौं माकलबारीमा बस्छिन् । उनको काम भनेको आर्थिक अवस्था कमजोर भएका किशोरीहरूलाई प्रलोभनमा पार्ने, र तिनलाई यौन क्रियाकलापमा लगाएर पैसा असुल्ने रहेछ । अनलाइन टाइपिङको जागिर लगाइदिने भन्दै नपढेका, कम पढेका र कलेज पढ्ने किशोरीहरूलाई प्रभावमा पार्ने र पछि यस्तो काममा बढी पैसा आउँछ भनेर उनले ती किशोरीहरूलाई यस्तो धन्दामा लगाउने गरेको गोप्य सुराकीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारीलाई आइतबार माकलबारीबाट नियन्त्रणमा लिएको हो ।

आर्थिक अवस्था कमजोर भएकाहरूलाई यसरी फसाउँथिन् अञ्जली

सुरुमा अञ्जली पैसा कमाउन चाहने र आर्थिक अवस्था निकै कमजोर भएका किशोरीहरू खोज्थिन् । त्यसपछि उनी अनलाइन टाइपिङको जागिर लगाईदिने भन्दै प्रलोभनमा पार्थिन् । यस्तो काममा पढाई छोडेका, र भर्खर १० कक्षा पास भएकाहरू उनको पहिलो रोजाइमा पर्थे । अझ कलेज फी तिर्न नसकेकाहरू, वा कलेजमा पढ्दै गर्दा पैसा कमाउने हुटहुटी बोकेकाहरू उनको कुरामा फसिहाल्थे

सुरुमा अनलाइन टाइपिङको जागिर लगाइदिने भन्दै प्रलोभनमा पार्ने उनी पछि अनुहार देखाउनु पर्दैन, गोप्य अंग मात्र देखाउने हो, यसमा एक कलकै यति कमाई हुन्छ भनेर किशोरीहरूलाई प्रलोभनमा पार्थिन् । अनुहार देखाउन नपर्ने, पैसा पनि राम्रो कमाइ हुने भनेपछि किशोरीहरू यस्तो काम गर्न तयार हुन्थे । त्यसपछि अञ्जलीले सामाजिक सञ्जाल ‘स्ट्रिप च्याट’ मा बालिकाहरूको अकाउन्ट खोलिदिन्थिन् । गोप्य अंग देखाउने, चलाउने र छाडा कुरा गर्नेगरी सुरुमै ग्राहकसँग डिल हुन्थ्यो । कलिला किशोरीहरूसँग यसरी फोहोरी कुरा गर्न स्कुल, कलेज पढ्ने किशोर र युवाहरू उनीहरूका मुख्य ग्राहक हुन्छन् । ग्राहकले सुरुमै पैसा तिर्छन् र पैसा तिरेपछि उनीहरुको लाइभ भिडियो च्याट सुरु हुन्छ । निश्चित समय उनीहरु भिडियोमा च्याट गर्छन्, किशोरीका गोप्य अंग हेर्छन् र यौन सन्तुष्टि लिन्छन् । तोकिएको समय सकिएपछि अर्को ग्राहकको पालो आउँछ । यस्तो कामको मुख्य दलाली अञ्जली गरेकी थिइन् । उनी ग्राहकहरूबाट इसेवा लगायतका वालेटबाट पैसा असुल्थिन् । र उमेर नै नपुगेका किशोरीहरूलाई लाइभमा नाङ्गो हुन लगाएर भिडियो च्याटमा बस्न लगाउँथिन् ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा अञ्जलीले ग्राहकबाट उठाएको मध्ये थोरै पैसा ती किशोरीहरूलाई दिने गरेको र बाँकी आफैँले राख्ने गरेकोसमेत भेटिएको छ । कसैले पछि पैसा बढाउनुपर्यो भन्यो वा काम गर्दिन भन्यो भने उनी सो भिडियोको रेकर्ड छ, त्यसमा अनुहार पनि देखिएको छ, सबै तिर ‘फ्ल्यास’ गरिदिन्छु भन्दै थर्काउने गर्थिन् । हद भएपछि एक पीडितले आफन्तको सहयोगमा प्रहरीलाई गरेको खबरपछि अन्तत: अञ्जली पक्राउ परेकी छिन् । उनका साथबाट प्रहरीले एक-एक थान मोबाइल, ल्यापटप र वेब क्याम समेत बरामद गरेको छ ।

कानुनमा के छ ?

पक्राउ परेकी अञ्जली विरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सो ऐनको परिच्छेद ८ को दफा ३ ले के के काममा बालबालिकालाई संलग्न गराए सो काम यौन दुर्व्यवहार हुन्छ भन्ने उल्लेख गरेको छ । 

सो दफाले बालबालिकाहरूलाई अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउने वा देखाउन लगाउने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा बाल अश्लिलता प्रदर्शन गर्ने वा गराउने, बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दवाव दिने वा धम्काउने, अश्लिल कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने, यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने, कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने, यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने, बाल यौन शोषण गर्ने वा गराउने, यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने, यौन दुर्व्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने, र वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने काम कसुरजन्य हो भनेको छ । 

हो, यही कसुरमा अव अञ्जली अधिकारी विरुद्ध मुद्दा चल्नेछ र उनीमाथि नगद जरिवाना र जेल सजाय दुवै हुनसक्छ ।

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै !

यसो त अञ्जली एक प्रतिनिधि उदाहरणमात्र हुन् । काठमाडौँमा टिकटकमा लाइभ बसेर यौन व्यवसाय गर्ने, लाइभमा बसेर ग्राहक बटुल्ने र यस्तो व्यवसायमा संलग्न हुनेहरूको संख्या दिनानुदिन बढिरहेको छ । यतिसम्मकि क्लब हाउसमा अडियो कुराकानी गरेरसमेत ग्राहकहरूसँग डिल हुने गरेको छ । फेसबुकमा फेक अकाउन्ट बनाएर डिल गर्ने, इसेवामार्फत पैसा तिरेर यस्तो व्यवसाय चलाउनेहरू पनि दिनानुदिन बढिरहेका छन् । नेपालको कानुनले यस्तो कामलाई पूर्ण रुपमा गलत भनेको छ । तर लुकिछिपी यस्तो धन्दा चलिनै रहेको छ ।

यस्तो काममा उमेर नपुगेका किशोरीहरू बढी प्रयोग भईरहेका छन्, कारण उनीहरूलाई फसाउन बुझ्ने मान्छे भन्दा सहज हुनेगरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार किशोरीहरु एक त बुझ्ने भईसकेका हुँदैनन्, अर्को भर्खर भएका शारिरीर र मानसिक परिवर्तनका कारण यौन क्रियाकलापका लागि उनीहरु बुझेका मान्छे भन्दा छिटो तयार हुन सक्छन् । यसैको फाइदा उठाएर दलालहरूले बालबालिकाकालाई यस्तो गलत काममा लगाउने गरेका छन् ।

लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा केही रुपैयाँको तनावमा बस्नुपरेका कलिला चेलीहरू यस्तो काममा लाग्न स्वीकार्छन् । उनीहरूको गरिबीको त्यहि फाइदा उठाएर दलालहरूले कलिला किशोरीहरूको दुरुपयोग गरिरहेका हुन्छन् । हुन त यस्तो काम बालिग अर्थात उमेर पुगेकाहरूले नै गर्दा पनि नेपालको हकमा कसुरजन्य काम नै हो । र पनि उमेर नपुगेका किशोरीहरूको हकमा त झन् दण्डनीय अपराध हो ।

दलालमात्रै होइन, संलग्न पनि कारवाहीको भागिदार !

अर्को महत्वपूर्ण कुरा के छ भने यस्तो काममा लगाउने दलाल मात्र होइन, यस्तो काममा संलग्न ती ग्राहकहरूलाई पनि कारवाही हुन सक्छ । त्यसैले टिकटक, फेसबुक, वा अन्य यस्तै सामाजिक संजालमा हुने यस्ता क्रियाकलापबाट टाढै बस्दा सबैको भलो हुन्छ ।

ख्याल गर्नुहोस्, नेपालमा देहव्यापार पूर्ण रुपमा गैरकानुनी छ । यस्तो कार्यमा संलग्न भएको पाइए तपाईंको बास जेलमा हुन सक्छ । अझ यस्तो कार्यमा संलग्नहरूकै उमेर नपुगेका किशोरीहरू परे भने त तपाईंलाई जेल जानबाट कसैले रोक्न सक्दैन । हाम्रा कलिला चेलीहरू हाम्रा पनि अस्तित्व हुन् । यिनलाई दुरुपयोगबाट जोगाउनु हामी सबैको कर्तव्य हो । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: