काठमाडौँ । सरकार बजेटको तयारीमा छ । अर्थमन्त्रीलाई बजेट तयारीको सबैभन्दा ठुलो धपेडी हुनु पनि नौलो होइन । त्यसमाथि ‘प्रि बजेट डिस्कसन’का नाममा दिनैपिच्छे भईरहने कार्यक्रममा अर्थमन्त्री बर्षमान पुन व्यस्त छन् । कार्यक्रममा पुगेपछि भाषण गर्नै पर्ने बाध्यता त छ नै, बेलाबेलामा थाहा नपाएको विषय बोलिदिंदा अर्थमन्त्री विवादमासमेत आउने गरेका छन् ।
यसपटक पनि यस्तै भयो । काठमाडौँमा आयोजित दिगो आर्थिक विकासका लागि वित्त नीति विषयक कार्यक्रममा अर्थमन्त्री पुनले सरकारी निकायकै नाम गलत भनिदिएका छन् ।
हो, सरकारी निकाय राष्ट्रिय तथ्याङ्क कार्यालयलाई अर्थमन्त्री पुनले सार्वजनिक कार्यक्रममै केन्द्रीय तथ्यांक विभाग भनिदिएका छन् । आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान सार्वजनिक भएको विषय बोल्दै उनले सो तथ्यांक सार्वजनिक गर्ने कार्यालयको नाम नै गलत भनिदिएका हुन् ।
कार्यक्रममा बोल्दै आर्थिक वृद्धिदरको प्रक्षेपण अबको ३ महिनामा गलत साबित हुने दाबी सुनाउँदा यस्तो गल्ती गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्