×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एन्ड्रोइड फोन चलाउनेहरु होसियार ! फैलियो एक क्लिकमै बैंक खाता रित्याइदिन सक्ने खतरनाक बैंकिङ मालवेर ‘ब्रोकवेल’ !

PRIME CA
GLOBAL IME BANK

एन्ड्रोइड फोन चलाउनेहरु होसियार ! फैलियो एक क्लिकमै बैंक खाता रित्याइदिन सक्ने खतरनाक बैंकिङ मालवेर ‘ब्रोकवेल’ !

२१ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एण्डड्रोइड फोनमा बैंक खाता रित्याइदिन सक्ने खतरनाक बैंकिङ मालवेर फैलिएको छ । ‘ब्रोकवेल’ नामक सो मालावेरले प्रयोगकर्ताको बैंकको खाता विवरणमा पहुँच राखी मोबाइल प्रयोगकर्ताको मोबाइल बैंकिङमार्फत बैंक खाता रित्याइदिने गरेको खुलासा भएको हो ।
सुरक्षासम्बन्धी काम गर्ने कम्पनी ‘थ्रेट फेब्रिक’ले हालै यस्तो खुलासा गरेको हो । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एन्ड्रोइडमा फेक गुगल क्रोमको अपडेट पठाउने काम हुन्छ । सो अपडेट लिंक क्लिक गर्नेबित्तिकै ग्राहकको बैंकिङ सम्बन्धि सबै विवरण सो मालवेरको पहुँचमा हुन्छ र एक क्लिकमै बैंकको खातामा रहेको सबै रकम रितिन्छ । गुगलले आफ्नो ब्राउजरमा राखेको वास्तविक विज्ञापनकै माध्यमबाट समेत सो मालवेर मोबाइलमा प्रवेश हुने र प्रयोगकर्ताको बैंक खातामा पहुँच राख्ने सो प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार सो मालवेरले प्रयोगकर्ताको मोबाइलको सिष्टम नै नियन्त्रणमा लिएर बैंक खाता रित्याउन सक्छ । सो मालवेर मोबाइल फोनमा एक पटक प्रवेश गरेपछि मोबाइलमा रहेका फोटो, भिडियो, स्क्रिनशट लगायत सबै तथ्यांकहरुमा पनि सो मालवेरले पहुँच राख्ने प्रतिवेदनमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: