×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० महिनामा नेपालबाट ६ लाख नेपाली विदेशिए, बैशाखमा मात्रै देश छोड्नेको संख्या ७० हजार नाघ्यो !

GLOBAL IME BANK

१० महिनामा नेपालबाट ६ लाख नेपाली विदेशिए, बैशाखमा मात्रै देश छोड्नेको संख्या ७० हजार नाघ्यो !

१० जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैशाख महिनामा मात्रै ७० हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार बैशाखमा मात्रै ७० हजार ६ सय २७ जना नेपाली विदेशिएका हुन् । जसमध्ये ६ हजार ६ सय २७ जना महिला छन् । 

बैशाखमा विदेश जाने नेपालीहरुमध्यै सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । बैशाखमा मात्रै नेपालबाट १६ हजार ९ सय ४९ जना नेपालीहरु मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै, मलेसियापछि रोजगारीको शिलशिलामा यूएईमा १६ हजार ५ सय १२ जना, कतारमा ११ हजार १ सय ७ जना, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३ सय ८६ जना नेपाली गएका छन् ।

त्यस्तै, जापानमा १ हजार २ सय ९८, रोमानियामा १ हजार ८४ जना र क्रोयशियामा १ हजार ८१ जना नेपाली गएका छन् । 

१० महिनामा ६ लाख बढी नेपालीले देश छोडे 
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा ६ लाख बढी नेपालीले देश छोडेका छन् । यसअवधिमा ६ लाख ९ हजार ७ सय ५ जना नेपालीहरुले देश छोडेका हुन् । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो । गत आर्थिक वर्षको १० महिनामा चाहिँ नेपालबाट कामको खोजीमा ६ लाख ६० हजार २ सय ५५ जना नेपाली विदेशिएका थिए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: