×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटका गल्ती सच्याउँदै अर्थमन्त्रीः ‘टाइपिङ मिस्टेक’ भन्दै कार, जिप र भ्यानमा दिइएको भ्याट छुट सच्याइयो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजेटका गल्ती सच्याउँदै अर्थमन्त्रीः ‘टाइपिङ मिस्टेक’ भन्दै कार, जिप र भ्यानमा दिइएको भ्याट छुट सच्याइयो 

१८ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले बजेटमार्फत कार, जिप र भ्यानमा दिएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट सच्याएको छ । आर्थिक विधेयकमा भएको ‘टाइपिङ मिस्टेक’ सच्याउने निर्णय गर्दै मन्त्रिपरिषद्को बैठकले कार, जिप र भ्यानमा दिइएको भ्याट छुट सच्याएको हो । 

योसँगै आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा एचएस कोड ८७०२ र ८७०३ अन्तर्गतका कार, जिप र भ्यानमा दिइएको भ्याट छुटको व्यवस्था हटाइएको छ ।

१० वा सोभन्दा बढी यात्रु बोक्ने एम्बुलेन्स वा शवबाहनमा मात्रै भ्याट छुट हुनुपर्नेमा ‘टाइपिङ मिस्टेक’ हुँदा कार, जिप र भ्यान पनि भ्याट छुटको सूचीमा परेको भन्दै अर्थ मन्त्रालयले गल्ती सच्याएको छ ।

आर्थिक विधेयकमा भएको उक्त गल्ती सच्याउन अर्थ मन्त्रालयले २०२१ सालमा बनेको सामयिक कर असुलीको मद्दत लिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी