×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा भित्र्याउन बोर्डको सुझाव, भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा भित्र्याउन बोर्डको सुझाव, भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न आग्रह

Artha Sarokar

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डले रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा भित्र्याउन सरकारलाई सुझाव दिएको छ । बोर्डले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई पेश गरेको सुझावमा रियल सेक्टर कम्पनीलाई बजारमा भित्र्याउन सुझाव दिएको हो ।

बोर्डले बुक बिल्डिङ विधिलाई थप पारदर्शी बनाएर रियल सेक्टर कम्पनीलाई पूँजी बजारमा प्रवेश गराउनुपर्ने सुझावमा समावेश गरेको छ । 

योसँगै बोर्डले बजेटमार्फत बोर्डको आयमा लाग्दै आएको करलाई हटाउन पनि सुझाव पेश गरेको छ । 

त्यस्तै, बोर्डले धितोपत्र बोर्डको आफ्नै कार्यालय भवन निर्माणका लागि जग्गाको व्यवस्था गरिदिन पनि सरकारसँग माग गरेको छ । योसँगै बोर्डले पूँजी बजारसम्बन्धी जानकारी प्रदान गर्नका लागि पूँजी बजार प्रतिष्ठानको स्थापना गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी