×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनामै नेपाल भित्रिए १४ सय बढी विद्युतीय गाडी, इन्धन छोडेर ईभी चढ्नेहरु बढेका हुन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक महिनामै नेपाल भित्रिए १४ सय बढी विद्युतीय गाडी, इन्धन छोडेर ईभी चढ्नेहरु बढेका हुन् ?

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो एक महिनामा नेपालमा १४ सय बढी विद्युतीय गाडी (ईभी)को आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार बैशाख महिनामा मात्रै नेपालमा १ हजार ४ सय ४ वटा विद्युतीय गाडीको आयात भएको हो ।

बैशाख महिनामा नेपाल भित्रिएका ईभी गाडीको संख्या चैत महिनाको तुलनामा झण्डै तीन गुणा बढी हो । चैत महिनामा नेपालमा ६ सय ५८ वटा विद्युतीय गाडी (ईभी) आयात गरिएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको फागुन महिनामा त नेपालमा जम्मा २ सय ७६ वटा विद्युतीय गाडी आयात गरिएको थियो । पछिल्लो समय विद्युतीय गाडीको माग बढ्न थालेपछि नेपालमा विद्युतीय गाडीको आयात पनि ह्वात्तै बढेको हो ।

विद्युतीय गाडीको माग, आयात र बिक्री बढेसँगै अहिले इन्धन गाडीको बजार घटेको व्यवसायीहरुले बताएका छन् । भन्सार विभागका अनुसार पनि पछिल्ला केही महिनायता विद्युतीय गाडीको तुलनामा इन्धन गाडीको आयात पनि घट्दै गइरहेको छ ।

अझ अहिले हायर पर्चेज कर्जामा राष्ट्र बैंकले लचकता अपनाएसँगै गाडीतर्फ आकर्षण बढ्दो रहेको र यसले गाडीको व्यापार थप बढाउने विश्वास अटो मोबाइल व्यवसायीहरुले गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी