×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अज्ञात समूहद्वारा एभरेष्ट बैंकमा दोश्रो पटक तोडफोड, प्रहरी अनुसन्धानमा, कर्मचारी त्रासमा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अज्ञात समूहद्वारा एभरेष्ट बैंकमा दोश्रो पटक तोडफोड, प्रहरी अनुसन्धानमा, कर्मचारी त्रासमा !

३० बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पोखरामा एभरेष्ट बैंक लिमिटेडको शाखा कार्यलयमा तोडफोड भएको छ । गएराती अज्ञात समुहले बैंकमा तोडफोडको प्रयास गरेका हुन्।

कास्की प्रहरीका अनुसार स्कुटरमा आएका ती व्यक्तिहरुले बैंकको सिसा फुटाएका छन् । उनले भने ‘घटनाको अनुसन्धान भईरहेको छ । राती स्कुटरमा आएर बैंकको सिसा फुटाएको प्रारम्भिक बुझाई छ।’

बैंक तोडफोडको प्रयास भएपनि लुटपाट नभएको प्रहरीले जनाएको छ ।

कहिले बैंक लुटिने, कहिले बैंकमाथि तोडफोड हुने र कहिले बैंकका सुरक्षा गार्ड मार्ने जस्ता घटना घट्न थालेपछि सरोकारवालाहरु चिन्तित बनेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा एक महिनाकै अवधिमा भएका यस्ता घटनाले बैंकिङको भविष्यमाथि नै प्रश्न उठाएको भन्दै सरोकारवालाहरु चिन्तित बनेका हुन् ।

केहि समय अगाडी नबिल बैंक लुटेको घटना सेलाउन नपाउँदै बिर्तामोडमा एभरेष्ट र ज्योति बिकास बैंकमा तोडफोड भएको थियो । त्यसलगत्तै पुन: नेपाल बैंकका सुरक्षा गार्ड मारिएको घटना बाहिर आएको थियो भने गयराती पोखरामा एभरेष्ट बैंकमा तोडफोडको प्रयास भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: