काठमाडौँ । निर्वाचनमा फर्जी मत हालेको आरोप लगाउँदै सिएहरुले छानविन समितिको माग गरे पनि एक्यानको अहिलेको कार्यसमिति (सपथ ग्रहण नभईसकेकाले वार्तमानलाई अहिलेको भनिएको) छानविन समिति नबनाउने लाइनमा देखिएको छ । कसकसले फर्जी मत हाले भन्ने विषयमा प्रारम्भिक सोधपुछ गर्दा ‘आफ्नै मान्छे’ किर्ते काममा लागेको थाहा पाएपछि छानविन समिति बनाउने कुरामा एक्यानको नेतृत्व डराएको भन्दै सिएहरुले छानविन समिति बनाउन खुट्टा नकमाउन र यथार्थ बाहिर ल्याउन माग गरेका छन् ।
‘फलानो मान्छे नेपालमा छैन, उसको नाममा कसैले भोट हालेको छ भन्ने प्रष्ट नामसहित भन्दा पनि छानविन समिति बनाउन मानिएको छैन । खोज्दै जाँदा आफ्नै मान्छे यस्तो किर्ते धन्दामा लागेको देखिएपछि एक्यान छानविन समिति बनाउनबाट डरायो ।’ छानविन समितिको माग गरेका एक सिएले अर्थ सरोकारसँग भने, ‘दीपक पाण्डेजतिको स्पष्ट बक्ता यसरी यो केसमा खुट्टा कमाएको देखिनु चानचुने विषय होइन ।’
यसो त ती सिएले भनेजस्तै एक्यानको हालको नेतृत्व छानविन समिति बनाउन किन पछि हट्यो भन्ने विषय शंकाष्पद देखिएको आरोप अन्य सिएहरुको पनि छ । दर्जन बढी फर्जी भोट परेको तथ्य नेतृत्वले बुझिसकेकाले पनि छानविन समिति बनाएर अघि बढ्दा आफ्नै सदस्य जेल जाने डर नेतृत्वलाई छ ।
के भन्छन् अध्यक्ष दीपक पाण्डे ?
दीपक पाण्डे यस विषयमा आफु बोल्न नमिल्ने बताउँछन् । ‘निर्वाचनको जिम्मा निर्वाचन अधिकृतलाई दिएकोले मैले यस विषयमा बोल्न मिल्दैन ।’ पाण्डेले अर्थ सरोकारसँग भने, ‘केहि साथीहरुले फर्जी मतको विषय उठाउनुभएको हो, तर, म यस विषयमा बोल्न मिल्दैन ।’
‘अनि छानविन समिति बनाउन तपाईंलाई के ले रोक्यो ?’ अर्थ सरोकारको प्रश्नमा पाण्डे भन्छन्, ‘मैले यस विषयमा मिडियामा बोल्न मिल्दैन । जे गर्नुपर्छ, त्यो कार्यसमितिले गर्छ ।’
किर्ते प्रमाणित भए के हुन्छ ?
किर्ते प्रमाणित भए जसको नामको भोट किर्ते गरिएको हो, उसले प्रहरीमा जाहेरी दियो भने किर्ते प्रकरणमा छानविन अघि बढ्छ । किर्ते फौजदारी अपराध भएकोले यस्तो काममा संलग्न हुनेलाई जेल सजायसम्म हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्