Skip to content
LAXMI SUNRISE BANK

सुरेन्द्र थापालाई नेपाल पुनर्बीमाको सीईओ नियुक्त गर्ने निर्णय

अर्थ सरोकार

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त हुने भएका छन्। जेठ १२ गते शनिबार बसेको संचालक समितिको बैठकले थापालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ पदका लागि दरखास्त आवेदन दिएका मध्येबाट दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा सर्टलिस्टमा परेका थिए । उनीहरुको शुक्रबार अन्तरवार्ता भएको थियो ।

नेपाल बीमा प्राधिकरणले सीईओ नियुक्तिका लागि स्वीकृति प्रदान गरेपछि थापा सीईओमा नियुक्त हुनेछन्। थापालाई ४ बर्षका लागि सीईओ नियुक्ती गर्न लागिएको हो ।

थापा यसअघि तत्कालीन अजोड इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK