काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल ३ सय १४ कम्पनीको १० करोड ७३ लाख ८ हजार १ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १९ करो ५२ लाख १० हजार ६ सय ६५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी युनिलिभर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।