×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाडा तिर्न नसकेपछि निदान हस्पिटलमा घरबेटीले लगाए ताला, तलब नपाएपछि डाक्टरहरुले काम छोडे !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भाडा तिर्न नसकेपछि निदान हस्पिटलमा घरबेटीले लगाए ताला, तलब नपाएपछि डाक्टरहरुले काम छोडे !

Artha Sarokar

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुरको पुल्चोकमा रहेको निदान हस्पिटल बन्द भएको छ । विगत १४ महिनादेखिको भाडा नतिरेपछि अस्पताल रहेको घरका घरबेटीले सूचना नै टाँस गरेर अस्पतालमा ताला लगाएका हुन् । 

लामो समयदेखि घरको भाडा नतिरेको र पटकपटक भाडा तिर्नका लागि ताकेता गर्दा पनि अस्पताल सञ्चालक सम्पर्कमा नआएपछि ताला लगाउनुपरेको घरबेटीले बैशाख २० गते टाँस गरेको सूचनामा उल्लेख छ । घरबेटी मिना श्रेष्ठका अनुसार हस्पिटलले २०७९ फागुनदेखि हालसम्मको भाडा तिरेको छैन । 

हस्पिटलले मीनामा बुवा इन्द्रमान जोशीसँग २०७४ मंसिर १ गते घरबहाल सम्झौता गरेको थियो । तर, जोशीको निधनपछि हस्पिटलले प्रयोग गर्दै आएको घरजग्गा मिनाको नाममा नामसारी भइसकेको छ । 

यसो त भाडा नतिरेपछि श्रेष्ठले दुई रोपनी ११ आनामा बनेको घर र जग्गा (हस्पिटलले प्रयोग गरेको) खाली गर्न ताकेतासमेत गरेकी थिइन् । तर, घरजग्गा खाली गर्न, बक्यौता रकम, ब्याज र क्षतिपूर्ति तिर्न गरिएको ताकेताको अस्पताल सञ्चालकले बेवास्ता गरेपछि अन्ततः अस्पतालमा ताला लगाउनुपरेको अस्पतालमा घरबेटीको भनाई छ । 

हस्पिटलमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पनि पारिश्रमिक नपाएको भन्दै यसअघि नै हस्पिटलको जागिर छोडिसकेका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी