×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदको अवरोध नहटे बजेट अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीले बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ?

GLOBAL IME BANK

संसदको अवरोध नहटे बजेट अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीले बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ?

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन् । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बालुवाटारमा जम्मा भएका छन् ।

प्रधानमन्त्रीले एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गरेर संसदमा जारी अवरोध खुलाउने विकल्प खोज्न लागेको बताइएको छ । प्रतिपक्षी दल कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेतासँगको छलफलपछि अवस्था सहज हुने अपेक्षा गरिएको छ ।

यता प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका थिए । भेटमा प्रचण्डले संसदमा जारी अवरोधले सरकार नीति तथा कार्यक्रम पारित गर्न असमर्थ भइरहेको विषयमा छलफल गरेका थिए । छलफलमा संसदको अवरोध कायम रहे नयाँ बजेट संसदमा प्रस्तुत गर्न सम्भव नहुनेतर्फ पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको शितल निवास स्रोतले बताएको छ ।

हाल सत्तापक्ष जेठ १३ गतेसम्म संसदको अवरोध हटाउनेतर्फ केन्द्रीत छ । तर, संसदको अवरोध हट्ने अवस्था नरहे बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन प्रधानमन्त्रीको रणनीति रहेको बुझिएको छ । यहीबीच प्रधानमन्त्री शीर्ष दलका नेताहरुसँग निरन्तर संवाद र छलफलमा रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: