×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तोडफोड प्रकरणः पक्राउ परेका प्रसाईँ निकट ४ युवा थुनामै, प्रहरी भन्छ- ‘अझै अनुसन्धान गर्दैछौँ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक तोडफोड प्रकरणः पक्राउ परेका प्रसाईँ निकट ४ युवा थुनामै, प्रहरी भन्छ- ‘अझै अनुसन्धान गर्दैछौँ’

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने दुर्गा प्रसाँई निकट चार जना युवामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । झापाको विर्तामोडस्थित एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने ४ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । 

बैंकको शाखा कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), सैनिकमोडका मनिकुमार तामाङसहित ४ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु हाल थुनामै रहेको र थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले बताएका छन् । 

‘उनीहरुलाई हामीले बिहीबार साँझ नै नियन्त्रणमा लिएका हौँ । हाल उनीहरु चारैजना प्रहरी हिरासतमा छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी चन्दले भने, ‘अनुसन्धान जारी छ । कानुनअनुसार कारवाही हुन्छ ।’ 

प्रहरीका अनुसार बैंकले ऋणीलाई टर्चर दिएको भन्दै उनीहरुले बिहीबार बैंकको शाखा कार्यालयमा तोडफोड गरेका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: