×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी उद्योगलाई सरकारले कर्जामा ब्याज अनुदान दिने, महिला सञ्चालक रहेका उद्योगलाई फाइदै-फाइदा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्वदेशी उद्योगलाई सरकारले कर्जामा ब्याज अनुदान दिने, महिला सञ्चालक रहेका उद्योगलाई फाइदै-फाइदा !

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले स्वदेशी उद्योगलाई कर्जाको ब्याजमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्दै सरकारले लघु, घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म पूँजी भएका मझौला उद्योगलाई कर्जामा ब्याज अनुदान दिने तयारी गरेको हो ।

सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ समेत स्वीकृत गरिसकेको छ ।

योसँगै अब लघु, घरेलु तथा साना उद्योग र २० करोडसम्म पूँजी भएका मझौला उद्योगले लिएको व्यवसायिक कर्जामा ५ प्रतिशत ब्याज अनुदान पाउने भएका छन् ।

अझ महिलाहरुले सञ्चालन गरेका उद्योगहरुले लिएको कर्जामा ६ प्रतिशत ब्याज अनुदान प्रदान गरिने कार्यविधिमा उल्लेख छ । तर, सरकारले प्रदान गर्ने ब्याज अनुदानका लागि निश्चित मापदण्ड तोकेर उद्योगहरुको छनौट गरिनेछ ।

सरकारको यस्तो नीतिले लघु, घरेलु, साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन हुने र स्वदेशी उत्पादनमा थप बल पुग्ने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी