Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्य चौकीको फ्रिजमा बियरका बोत्तल !

अर्थ सरोकार

काठमाडौँ । अछाममा स्वास्थ्य चौकीको फ्रिजमा बियरका बोत्तल भेटिएका छन् । जिल्लाको कमलबजार नगरपालिका-९ मष्टाबण्डाली स्वास्थ्य चौकीको फ्रिजमा बियरका बोत्तल भेटिएका हुन् ।

खोप लगायतका सामाग्री राख्न प्रयोग गरिएको फ्रिजमा तीनवटा बोत्तल भेटिएको एक स्थानीयले बताएका छन् । हाल फ्रिजमा बियरका बोत्तल भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

यता कमल बजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले स्वास्थ्य चौकीको फ्रिजमा बोत्तल राखिएको खबर सामाजिक सञ्जालमार्फत थाहा पाए पनि आधिकारिक पुष्टि गर्न बाँकी रहेको बताएका छन् । ‘मैले पनि स्वास्थ्य चौकीको फ्रिजमा बियर भेटियो भन्ने खबर सामाजिक सञ्जालमार्फ थाहा पाएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘आधिकारिक कुरा के हो बुझ्न पाएको छैन ।’

त्यस्तै, खोप तथा स्वास्थ्य सामाग्री राख्ने फ्रिजमा बियरका बोत्तल भेटिएको विषयमा जिल्ला प्रशासन कार्यालय पनि बेखबर छ । अर्थ सरोकारसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिव प्रसाद लम्सालले उक्त विषयमा आफूकहाँ सूचना नआएको बताएका छन् ।

यद्यपि, के हो ? भन्ने विषयमा बुझ्ने र स्वास्थ्य चौकीको फ्रिजमा बियर राख्नेलाई कानून अनुसार कारवाही गरिने सिडिओ लम्सालले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK