×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल उपमहानगरपालिकाले सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने 

LAXMI SUNRISE BANK
GLOBAL

बुटवल उपमहानगरपालिकाले सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने 

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजना राखिएको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारीले एकहजार बढी बचतकर्ताको रकम हिनामिना गरेपछि उपमहानगरपालिकाले नीति तथा कार्यक्रममै सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सहकारीलाई अनिवार्य सूचीकृत हुने व्यवस्था गर्दै सहकारी क्षेत्रमा देखिएको ठगी नियन्त्रण तथा न्यूनिकरणका लागि सचेतना कार्यक्रम घोषणा गरिएको नगरप्रमुख खेलराज पाण्डेयले बताएका छन् ।

त्यस्तै, उपमहानगरपालिकाले सहकारी संस्थाहरुको एकीकृत लगानीमा सस्तो पसल, कृषि उत्पादन बिक्री केन्द्र, कोसेली घर, स्थानीय तथा रैथाने सामाग्री बिक्री केन्द्र, स्वच्छ मासु बिक्री केन्द्र र शीतभण्डार गृह सञ्चालन गर्ने घोषणा गरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी