×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेशी ऋणले संघीयता धान्दैन, मुलुक समृद्ध हुन संघीयता खारेज गर्नुपर्छ’- चित्रबहादुर केसी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘विदेशी ऋणले संघीयता धान्दैन, मुलुक समृद्ध हुन संघीयता खारेज गर्नुपर्छ’- चित्रबहादुर केसी 

२१ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फका खर्चको अनावश्यक बोझ नेपाली जनताले झेल्नुपरेको दाबी गरेका छन् । 

यही बोझबाट जनतालाई मुक्त गराउनका लागि संघीयता खारेज गर्नुपर्नेमा केसीले जोड दिएका छन् । ‘संघीयताको कारणले साधारणतर्फका खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनु परेको छ । जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ ।’, केसीले भने, ‘त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न ।’

त्यस्तै, सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी