काठमाडौं। वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा किर्तीपुर बस्ने ३२ वर्षीय केशव राज जोशी रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बबरमहलबाट पक्राउ गरेको हो।
जोशीले ६ जनालाई वर्किङ भिषामा आकर्षक तलब हुने प्रलोभन देखाएर माल्टा पठाउने भन्दै रकम ठगी गरेका थिए। प्रहरीका अनुसार पीडितहरुलाई कतारसम्म पुर्याएर अलपत्र पारेको र कतारको अध्यागमनले नक्कली भिषा भनी उनीहरुलाई नेपाल फर्काएको थियो।
हाल पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्