×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल र श्रीलङ्काको खेलअघि डिसहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर, २४ महिने रिचार्जमा ६ महिनाको सब्सक्रिप्सन नि:शुल्क

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल र श्रीलङ्काको खेलअघि डिसहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर, २४ महिने रिचार्जमा ६ महिनाको सब्सक्रिप्सन नि:शुल्क

२९ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल र श्रीलङ्काको खेलअघि डिसहोम फाइबरनेटले २४ घण्टे नयाँ अफर सार्वजनिक गरेको छ । डिशहोमले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन नि:शुल्क पाउने अफर सार्वजनिक गरेको हो ।

जारी आईसीसी पुरुष टि २० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत जेठ ३० गते बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसियालीमा डिसहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६९महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

डिशहोमले मंगलबार दिउँसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज दिउँसो १ बजे (जेष्ठ २९ गते) देखी भोली दिउसो १ बजे (जेष्ठ ३०) सम्मका लागि मात्र लागू रहेको डिसहोम फाइबरनेटले जनाएको छ ।

यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४ महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन् । रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिसहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाइदा उठाउन सक्नु हुनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो विशेष २४ घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्चस्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: