×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशमा रोजगारीको ठूलो समस्या छ, युवापुस्ता बाध्य भएरै देश छोडिरहेका छन्’- श्रममन्त्री अर्याल 

LAXMI SUNRISE BANK
GLOBAL

‘देशमा रोजगारीको ठूलो समस्या छ, युवापुस्ता बाध्य भएरै देश छोडिरहेका छन्’- श्रममन्त्री अर्याल 

२० जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताएका छन् । श्रमदान मेलाको उद्घाटन गर्दै श्रममन्त्री अर्यालले यस्तो बताएका हुन् ।

उनले हाल नेपालमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रहसमेत गरेका छन् ।

अर्यालले देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताए । रोजगारको खोजीमा युवा पुस्ता भौँतारिरहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा अर्यालले जोड दिएका छन् । त्यस्तै, उनले श्रमदान मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

‘देशमा आज रोजगारीको ठूलो समस्या छ । रोजगारको खोजीमा युवा पुस्ता भौँतारिरहेको छ । स्वदेशमा रोजगारी नहुँदा सानो सुविधामै विदेश जानुपर्ने बाध्यात्मक अवस्था छ । यसलाई कम गर्दै जानुपर्छ ।’, उनले भने, ‘त्यसैले हामीले यो श्रमदान रोजगार मेला शुरु गरेका छौँ । यो मेलाले तत्काल कति रोजगारी दिन्छ भन्ने भन्दा पनि रोजगारदाता कम्पनीहरु खोज्न आवश्यक छ ।’  

त्यस्तै, देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै मन्त्री अर्यालले देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी