काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रुपैयाँ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड ४९ लाख पाँच हजार चार सय एक रुपैयाँ, घरायसीको दुई करोड २४ लाख ५२ हजार एक सय ६० रुपैयाँ, अन्यको दुई करोड ५३ लाख ५३ हजार ८७ रुपैयाँ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रुपैयाँ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिएका छन् ।
ढकालका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिएका छन् ।
‘हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ ।’, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, ‘अरूको त रकम आइनै रहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।’ गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा बक्यौता रकम घटेको उनको भनाइ छ ।
वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म औद्योगिकको रु दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसीको रु पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, अन्य ग्राहकको बक्यौता रकम रु एक करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको रु १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रहेको थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्