×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठमा घरजग्गा कारोबार बढ्यो, सरकारको राजश्वमा पनि वृद्धि, सुस्ताएको अर्थतन्त्र थप चलायमान हुने अपेक्षा ! 

GLOBAL IME BANK

जेठमा घरजग्गा कारोबार बढ्यो, सरकारको राजश्वमा पनि वृद्धि, सुस्ताएको अर्थतन्त्र थप चलायमान हुने अपेक्षा ! 

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेठ महिनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार जेठमा मात्रै ६१ हजार १ सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ । जुन बैशाखको तुलनामा २२.८५ प्रतिशत बढी हो । 

यसो त बैशाखामा ४९ हजार ७ सय ८२ संख्यामा घरजग्गा कारोबार भएको थियो । घरजग्गा कारोबार बढेसँगै सरकारको राजश्व पनि बढेको छ । 

जेठ महिनामा सरकारले घरजग्गा कारोबारमार्फत ४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । बैशाखमा भने सरकारले घरजग्गा कारोबारमार्फत ३ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । जुन जेठ महिनाको तुलनामा १२.३० प्रतिशत कम हो ।

यसरी घरजग्गा कारोबारमार्फत प्राप्त हुने राजश्वमा सबैभन्दा धेरै राजश्व रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकरको रहेको छ । सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायतका विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबार बढेपछि शिथिल अर्थतन्त्र पनि चलायमान हुने जानकारहरुले बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: