×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा, सञ्चालक र आफन्तकै नाममा साढे ४ अर्ब ऋण रहेको खुलासा ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा, सञ्चालक र आफन्तकै नाममा साढे ४ अर्ब ऋण रहेको खुलासा ! 

७ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारीलाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाटै समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

हाल समस्याग्रस्त घोषणा भएको उक्त सहकारी सम्पत्ति तथा दायित्व राफसाफको लागि सहकारी ऐनको दफा १०५ अनुसार गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ । 

गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्थापक डम्बरबहादुर बम्जन तामाङ हुन् । उनको तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा पनि संलग्नता देखिएका थियो । बम्जन र उनका दाजु तेजबहादुर तामाङसहित सहकारीका सञ्चालक, पूर्वसञ्चालकर र आफन्तले लिएको ऋण वर्षौँसम्म भुक्तानी नगरेपछि सहकारीमा समस्या देखिएको थियो । 

हाल उक्त सहकारीमा बचत र सेयरसहित सर्वसाधरणको साढे ४ अर्ब अपचलन भएको पाइएको छ । जसमध्ये १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋण बम्जन र उनका दाजु तेजबहादुरले लिएको देखिएको छ । यति मात्र होइन, बम्जनकी श्रीमती कुमारी तामाङको नाममा पनि सहकारीबाट ३ करोड६ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह भएको तर भुक्तानी नभएको पाइएको छ ।

हालसम्म उक्त सहकारीमा करिब साढे ७ हजार बचतकर्ताहरुले ४ अर्ब २७ करोड ८९ लाख ८६ हजार ५ सय २५ रुपैयाँ बचत दायित्व रहेको छ भने सहकारीको कुल ४ अर्ब ५६ करोड ८५ लाख ४४ हजार ४ सय २० रुपैयाँ ऋण उठ्न बाँकी रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी