काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन अनुमति दिने कार्य अघि बढाएको छ । गत शुक्रबार हिमालय उर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएर बोर्डको हकप्रद निष्कासनको अनुमति दिने कार्य सुरु गरेको हो ।
बोर्डका अनुसार कम्पनीलाई ९९ लाख कित्ता हकप्रद सेयर निष्कासनको लागि अनुमति दिइएको छ ।
योसँगै सम्पूर्ण प्रक्रिया पूरा गरेका, मापदण्ड पुगेका र कैफियत नभएका कम्पनीहरुलाई क्रमिक रुपमा सेयर निष्कासनको लागि अनुमति दिने कार्य अघि बढाउने बोर्डका एक उच्च अधिकारीले बताएका छन् ।
यता प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिने कार्य भने तत्काल अघि नबढ्ने भएको छ । यसअघि आईपीओ जारी गर्न दिनेबारे निर्णय गर्न बसेको बोर्डको बैठक अनिर्णीत भएपछि अब अर्को बैठक बसेर निर्णय नगर्दासम्म आईपीओ निष्कासनको कार्य अघि नबढ्ने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्