Skip to content
LAXMI SUNRISE BANK

बजेटप्रति सांसद हरि ढकालको असन्तुष्टि, भने- ‘सेयर बजारबारे दिएको १० बुँदे सुझाव खोई ?’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद ढकालले यसपालिको बजेट पनि पुरानै प्रवृत्तिको निरन्तरता भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

सांसद ढकालले सेयर बजारबारे दिएको सुझाव पनि बजेटमा सम्बोधन नभएको भन्दै आक्रोश पोखेका छन् । उनले अर्थमन्त्रीलाई भेटेरै सेयर बजारबारे १० बुँदे सुझाव दिँदा पनि सम्बोधन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

‘अर्थमन्त्रीज्युलाई सेयर बजारबारे १० बुँदे सुझाव बुझाएको थिएँ, त्यहाँमध्ये बजेटमा कहिँ पनि, केही पनि छैन ।’, सांसद ढकालले भने, ‘त्यो १० बुँदे कहाँ पो हो हुन्छ भन्नु भएको थियो, केही पनि आएन ।’

त्यस्तै, सांसद ढकालले आगामी आर्थिक वर्षको बजेटमा साढे ५ खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिनु ठिक नभएको बताएका छन् । हरेक वर्ष ऋण थुपार्दै जाने, त्यही ऋण तिर्न फेरी ऋण लिने परिपाटीले मुलुक ऋणको दलदलमा फस्ने ढकालको भनाई छ । ऋण लिनुको सट्टा असुल गर्नुपर्ने बेरुजु उठाउनेतर्फ पनि ध्यान दिन सांसद ढकालले आग्रह गरेका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK