काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स भित्र चरम विवाद सुरु भएको छ। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय बहादुर शाहलाई अमेरिका भ्रमणकै बेला पदमुक्त गरिएको छ। उनलाई कार्यकाल पुरा नहुँदै सञ्चालक समितिले पदमुक्त गरेको हो।
२०७८ फागुन १ गतेदेखि ४ वर्षका लागि नियुक्ति पाएका शाहको कार्यकाल पुरा हुन डेढ वर्षभन्दा बढी अवधि बाँकी हुँदै उनलाई सञ्चालक समितिको बुधबारको बैठकले बिहीबारदेखि लागू हुने गरी पद मुक्त गरेको हो ।
शाह लिडरसिप एकेडेमी नेपाल र अमेरिकाको टेक्सास राज्यको हस्टनस्थित राइस युनिभर्सिटी बिजनेश स्कुलले आयोजना गरेको एडभान्स लिडरसिप ट्रेनिङमा सहभागिताका लागि अमेरिका गएका थिए।
शाहको बर्खास्तीसँगै निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अञ्जु श्रेष्ठलाई दिने निर्णय गरेको सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले जारी गरेको पत्रमा उल्लेख छ।
आर्थिक वर्षको अन्तिम महिनामा लामो समय प्रमुख कार्यकारी अधिकृतको अनुपस्थितिले व्यापारमा नकारात्मक असर परेको कम्पनीको भनाई छ। शाह असार शुरु भएलगत्तै दुई साता भन्दा लामो अवधिका लागि अमेरिका भ्रमणमा गएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्