×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी हर्बोस्यूटिकल्सले आइपीओ जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी हर्बोस्यूटिकल्सले आइपीओ जारी गर्ने

Artha Sarokar

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजी वृद्धि गर्दै आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आइपीओ जारी गर्ने प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवा सम्बन्धि सम्झौता गरेको छ । सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. धुर्ब भट्टराईले हस्ताक्षर गरेका थिए ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पुँजी जुटाउँदै पब्लिक कम्पनीमा रुपान्तरण गरी आइपीओ निष्काशन गर्न परामर्श सेवा प्रदान गर्नेछ । एलिटले कम्पनीको पुँजी वृद्धि, व्यवशाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । त्यसैगरी, आइपीओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने कम्पनीले जनाएको छ ।

हाल १३ करोड चुक्ता पुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन सुरु गर्न लागिएको छ । पुँजी बृद्धिपछी कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आईपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. धुर्ब भट्टराईले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी