काठमाडौँ । असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योगले बिक्रीवितरण बन्द गर्ने भएका छन् । क्रसर, खानी तथा बालुवा उद्योग नवीकरणको माग गर्दै व्यवसायीहरुले असार १ गते (शनिबार)देखि देशभर बिक्रीवितरण अनिश्चितकालका लागि बन्द गर्ने भएका हुन् ।
नवीकरण नभएसम्म बिक्रीवितरण बन्द गर्ने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुको निर्णयमा निर्माण व्यवसायी महासंघले पनि आंशिक समर्थन जनाएको छ ।
लामो समयदेखि क्रसर, खानी तथा बालुवा उद्योग नवीकरण गर्नका लागि सरकारलाई आग्रह गर्दै आइरहेको भए पनि आफूहरुको माग सम्बोधनतर्फ सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले बिक्रीवितरण बन्द गर्दै आन्दोलनका कार्यक्रम घोषणासमेत गरेका छन् ।
हाल सञ्चालनमा रहेका उद्योग कानूनी रुपमा सञ्चालन गर्न नवीकरण अनिवार्य रहेको भन्दै व्यवसायीहरुले उद्योग नवीकरणको माग गरेका छन् । आर्थिक वर्षको अन्त्यमा क्रसर व्यवसायीले क्रसरजन्य सामाग्री बिक्रीवितरणमा रोक लगाउँदा सम्पन्न गर्नुपर्ने आयोजना सम्पन्न नहुनेमा निर्माण व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले सरकारले क्रसर व्यवसायीको माग जायज भएको भन्दै तत्काल वार्तामार्फत समस्याको समाधान खोज्न पनि सरकारसँग माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्