Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास सहकारी समस्याग्रस्त घोषणा 

अर्थ सरोकार

काठमाडौँ । कृषि विकास बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको, बचत फिर्ता नगरेको भन्दै सहकारीका सदस्यहरुले दिएको उजुरीका आधारमा संस्थालाई समस्याग्रस्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ । 

त्यस्तै, सहकारीलाई समस्याग्रस्त घोषणा गरेसँगै नगरपालिकाले कृषि विकास सहकारी लगायत अन्य सहकारी संस्थाको समस्याग्रस्त समस्यालाई समाधान गर्न व्यवस्थापन समितिलाई राय, सुझाव दिन सहकारी, वित्तीय, कानून विज्ञहरु रहेको परामर्शदातासँग सेवा खरिद गर्ने निर्णय गरेको छ ।

योसँगै अब सहकारी व्यवस्थापन समितिमार्फत थप कारवाही अगाडि बढाउने तथा बचतकर्ताको बचत फिर्ता गराउने गरी पहल गर्ने नगरपालिकाले जनाएको छ । कृषि विकास बचत तथा ऋण सहकारी संस्था मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK