×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, पक्राउ पुर्जी जारी भएका एकको मृत्यृ, एक सिकिस्त !  

GLOBAL IME BANK

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, पक्राउ पुर्जी जारी भएका एकको मृत्यृ, एक सिकिस्त !  

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । २ हजार ५ सय ३१ जना बचतकर्ताको करिब ३ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजबिक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार, सहकारीका सदस्य भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् ।

सहकारीको रकम ठगेर फरार रहेका संस्थाका अध्यक्ष लामो समयदेखि नाम परिवर्तन गरेर फ्ल्याट भाडामा लिएर लुक्दै आएका थिए । वास्तविक नाम तेजबिक्रम थापा भए पनि उनले आफ्नो नाम राज ठकुरी राखेर सोही अनुसारको आईडी कार्डसमेत बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापा र उनकी श्रीमतीलाई भाडाको फ्ल्याटबाटै पक्राउ गरिएको हो ।

यसो त पक्राउ परेका सहकारीका अध्यक्ष थापासहित १३ जनाविरुद्ध २०८० पुष १९ गते नै पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये हाल चार जना पक्राउ परेका छन् भने अन्य फरार छन् । 

प्रहरीका अनुसार कृषि विकास सहकारीमा भएको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएकाहरुमध्ये एकजनाको भने मृत्यु भइसकेको पाइएको छ भने एक जना मृगौलाको गम्भीर बिरामी भएको र हाल उपचाररत अवस्थामा रहेको पाइएको छ । उनीहरुले आकर्षको ब्याजको लोभ देखाएर बचतकर्ताबाट रकम संकलन गरे पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका चारैजनालाई सहकारी ठगी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: