×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजीगत लाभकर बढाउन र ‘ठुला कारोबारी’बाट कुल नाफामा आयकर ऐन अनुसार नै कर असुल्न सुझाव !

GLOBAL IME BANK

पूँजीगत लाभकर बढाउन र ‘ठुला कारोबारी’बाट कुल नाफामा आयकर ऐन अनुसार नै कर असुल्न सुझाव !

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बढाउन र ‘ठुला कारोबारी’लाई आयकर ऐन अनुसार नै ३९ प्रतिशतसम्म कर असुल्न सिफारिस गरेको छ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो सिफारिस उल्लेख छ ।
सो समितिले हाल विद्यमान पूँजीगत लाभकरसमेत बढाउन सुझाव दिएको छ ।  एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न समितिले सुझाव दिइएको छ । हाल व्यक्तिहरुले सेयर कारोबारमा १ वर्षभन्दा बढी अवधिको होल्डमा ५ प्रतिशत र १ वर्षभन्दा कम अवधिको होल्डमा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।
यता व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी त्यस्तो कारोबार गर्ने व्यक्तिलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने सुझाव प्रतिवेदनमा छ । सो सिफारिस अनुसार नै प्रक्रिया अगाडी बढे अव निश्चित रकम तोकेर ठुला कारोबारी छुट्याईनेछ । र त्यसपछि निश्चित रकम भन्दा बढी कारोबार गर्नेलाई ३९ प्रतिशतसम्म कर असुल्ने बाटो खुल्नेछ । तर यसो गर्दा घाटा पनि समायोजन गर्न दिने विकल्प अगाडी राखिने मल्लिकको भनाई छ । यसको अर्थ, बर्षभरी गरिएको सेयर कारोबारको कुल नाफामा मात्र कर तिर्नुपर्नेछ । तर यस्तो कर ३९ प्रतिशतसम्म हुनेछ । बार्षिक कारोबारको रकम तथा कारोबार संख्यालाई आधार तय गरेर सेयर कारोबारमा कर लगाउनेगरी सुझाव दिइएको छ ।
यसबाट ठुला सेयर लगानीकर्ताहरुलाई बियरिस बजारमा केहि फाइदा भए पनि बजारमा कारोबार गर्ने ठुला सेयर खेलाडीहरुलाई भने मर्का पर्नेछ । जसले गर्दा समग्र बजारमा यसको नकारात्मक असर पर्ने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: