काठमाडौं। अमेरिका पठाइदिने भन्दै ४ करोड बढी ठग्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दूधकुण्ड नगरपालिका वडा नं. ११ सोलुखुम्बु घर भई हाल पुरानो सिनामंगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायण कुमार खड्का रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले विदेश पठाइदिने भन्दै प्रति व्यक्ति ८ देखि १० लाख रुपैयाँ लिने गरेका थिए। खड्काले पीडितहरूलाई अमेरिका लैजाने भन्दै सिंगापुर, आइबरीपोष्ट हुँदै घाना सम्म पुर्याई अलपत्र पारेको पाइएको छ।
खड्काको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध ८ वटा बैंकिङ कसुरमा मुद्दा दर्ता भएको पनि पाइएको छ।
उनको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको राहदानी, नेपाल टेलिकमको सिमकार्ड २ थान, मोबाइल २ थान, विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक पाना- ५९, नारायण कुमार खड्काको नामको विभिन्न बैंकहरूको चेक २० थान, बैंक खाता रकम जम्मा गरेको तथा आइएमई गरेको भौचर ३४ थान, रसिद ठेली एक थान, नारायण कुमार खड्काको नामको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको परिचयपत्र १ थान बरामद गरेको छ।
हाल उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्