Skip to content
LAXMI SUNRISE BANK

लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदम बाबा जोशी प्रधान रहेका छन्। 

बचतकर्तालाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर बचत रकम ठगी गरी उनीहरु फरार भएका थिए। बचतकर्ताको बचत रकम अपचलन गरेको आरोपमा उनीहरु विरुद्ध मिति २०८०/१२/०१ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो। 

सोही मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनीहरुमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ । सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ रहेको पनि प्रहरीको तथ्यांकमा उल्लेख छ ।

हाल उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

उक्त सहकारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत फागुन महिनामा नै समस्याग्रस्त घोषणा गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK