×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेश जानेलाई बिना धितो ऋण दिने काम ठिक भएन’- पूर्वअर्थमन्त्री महत 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘विदेश जानेलाई बिना धितो ऋण दिने काम ठिक भएन’- पूर्वअर्थमन्त्री महत 

२० जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बजेटमा विदेश जानेलाई बिना धितो ऋण दिने काम ठिक नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महतले यस्तो बताएका हुन् । 

उनले नेपालमै रोजगारी सृजना गरेर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने बेला उल्टै युवालाई विदेश जान प्रोत्साहन गर्ने नीति लिनु गलत भएको बताएका छन् । 

बजेटमा सरकारले गरेको विदेश जानेलाई बिना धितो ऋण दिने व्यवस्था नेपालको सरकारको नीति र सिद्धान्त विपरीत भएको महतको भनाई छ । यस्तो व्यवस्थाले युवालाई स्वदेशमै रोक्नुभन्दा विदेश जान प्रोमोट गर्ने महतले बताएका छन् ।

‘विदेश पठाउनका लागि बिना धितो ऋण दिने रे, तोकिएको एकाउन्टमा तिर्ने गरेर । तिर्छन् भन्ने कसरी ग्यारेण्टी गर्नुहुन्छ ?’, महतले भने, ‘यो व्यवस्थाले युवालाई विदेश जान झन् प्रोमोट गर्छ । यो काम ठिक भएन ।’

त्यस्तै, उनले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटले गरेका लगानी औचित्यहीन भएको र लगानी गर्नुपर्ने ठाउँमा लगानी नभएको भन्दै बजेटप्रति असनतुष्टी व्यक्त गरेका छन् । उनले यो बजेटले हाल मुलुकमा देखिएको समस्या तथा चुनौतीको सामना गर्ने ‘रोड म्याप’ बनाउने नसकेको पछि बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी