काठमाडौँ । प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति हिनामिना प्रकरणमा तीनजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राइम सहकारीको सम्पत्ति हिनामिना गरेर फरार रहेका तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका स्थायी घर भई पोखरा बस्ने ५५ वर्षीया धनकुमारी गुरुङ, ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा महानगरपालिका-३ तेर्सापट्टी बस्ने ४७ वर्षी जीवन सार्की रहेका छन् ।
पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा बुझाएको छ । उक्त सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जनालाई यसअघि नै पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सहकारीका बचतकर्ताले दिएको उजुरीका आधारमा ६६ जनालाई प्रतिवादी बनाएर जेठ २७ गते अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त सहकारी ठगीमा सरकारी वकिल कार्यालयले १ अर्ब ५७ करोड बिगो माग दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्