×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१’ थाइल्याण्डमा सम्पन्न… (फोटो-कथा)

GLOBAL IME BANK
SHREE KESH

‘छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१’ थाइल्याण्डमा सम्पन्न… (फोटो-कथा)

१४ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । थाइल्याण्डमा ‘छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१’ सम्पन्न भएको छ । नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका थाइल्याण्डको बैंकक सहरमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न विधामा कलाकार तथा पत्रकारलाई सम्मानित गरिनुका साथै अवार्डसमेत प्रदान गरिएको छ । अवार्ड कार्यक्रममा विभिन्न विधामा विभिन्न कलाकार, समाजसेवी तथा सञ्चारकर्मीलाई सम्मानित गरिएको छ । 

अर्थ नेपालद्वारा आयोजित उक्त अवार्ड कार्यक्रमको अध्यक्षता सगरमाथा म्युजिक अवार्ड कार्यक्रमका प्रमुख पुरुषोत्तम बस्नेतले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि एआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत रहेका थिए । त्यस्तै, कार्यक्रममा ओरियन्टल कार्पेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड खनाल र नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्र अतिथि रहेका थिए । 

 छैटौँ संस्करणको अवार्डमा महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेका छन् । उक्त अवार्ड कार्यक्रममा राष्ट्रिय, चलचित्र, आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरूले सहभागी जनाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: