×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने एक दर्जन सहकारी पीडित पक्राउ, प्रहरीको कुटाईबाट दुई जना घाइते !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने एक दर्जन सहकारी पीडित पक्राउ, प्रहरीको कुटाईबाट दुई जना घाइते !

२३ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई कालो झण्डा देखाउने एक दर्जन सहकारी पीडित पक्राउ परेका छन् । बुधबार पोखराको सभागृह प्रवेश गर्ने क्रममा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने एक दर्जन सहकारी पीडित पक्राउ परेका हुन् ।

सहकारी पीडितको समस्याप्रति राज्य गम्भीर नभएको भन्दै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले प्रधानमन्त्रीलाई कालो झण्डा र ब्यानर देखाएका थिए । 

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँदै सहकारी पीडितहरुले नाराबाजी गरेपछि प्रहरीले सहकारी पीडितहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँदै ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए । 

सोही क्रममा सहकारी पीडित र प्रहरीबीच मुठभेडको अवस्था सृजना भएको थियो । सोही क्रममा प्रहरीको कुटाईबाट दुईजना सहकारी पीडित घाइते भएका छन् । सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेर फरार रहेका गितेन्द्रबाबु (जिबी) राई अझै पक्राउ नपरेको र गृहमन्त्रीको संलग्नता देखिँदा पनि छानबिन चुस्त नभएको भन्दै पीडितहरुले नाराबाजी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: