×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी संस्थामा काठमाडौँ महानगरको अनुगमन, २८ मध्ये दुई सहकारीको फाइल सीआईबीमा पठाइयो ! 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहकारी संस्थामा काठमाडौँ महानगरको अनुगमन, २८ मध्ये दुई सहकारीको फाइल सीआईबीमा पठाइयो ! 

२५ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ सहकारी संस्थाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा ४० वटा संस्थाको अनुगमन गर्ने लक्ष्य राखेको महानगरले २८ सहकारीको अनुगमन गरेको हो । 

महानगरले गरेको अनुसन्धानका क्रममा दुई सहकारीमा कैफियत देखिएपछि महानगरले सुमेरु बचत तथा ऋण सहकारी संस्था र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको फाइल थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुन्सन्धान ब्युरो (सीआईबी)मा पठाएको छ ।

महानगरका अनुसार महानगरले  पर्यटन व्यवसायी विकास बचत तथा ऋण सहकारी, चिमाल बचत तथा ऋण सहकारी संस्था, साई स्वागत बचत तथा ऋण सहकारी, अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी, आनन्दनगर बचत तथा ऋण सहकारी संस्था, यलुङ बचत तथा ऋण सहकारी संस्था, श्रद्ध बसुरी बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, महिला शक्ति बचत तथा ऋण सहकारी, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको छ । 

त्यस्तै, महागुथी बहुउद्देश्यीय सहकारी संस्था, स्क्वायर बचत तथा ऋण सहकारी सस्ंथा, श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी, सफारी बचत तथा ऋण सहकारी युथ भिजन बचत तथा ऋण सहकारी, गोफल पलान्चोक भगवती बचत तथा ऋण सहकारी, आधारभूत बचत तथा ऋण सहकारी, इजी वे बचत तथा ऋण सहकारी तेजवान बहुउद्देश्यीय सहकारी, विजय शान्ती बचत तथा ऋण सहकारी, सामुहिक परिवर्तनशील बचत तथा ऋण सहकारी, माता पन्चकुमारी बचत तथा ऋण, न्हु बचत तथा ऋण सहकारी, पशुपति सेवा उपभोक्ता सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी, युथ भिजन बचत तथा ऋण सहकारी, महाबौद्ध बचत तथा ऋण सहकारी कुश्मावती बचत तथा ऋण सहकारी, आधारशिला बचत तथा ऋण सहकारीमा अनुगमन गरेको महानगरले जनाएको छ । 

अनुगमनमा कैफियत देखिएका केही सहकारीलाई स्पष्टीकरण सोधिएको छ भने केहीलाई सामान्य सोधपुछ गरिएको र केही सहकारीका सञ्चालकलाई स्पष्टीकरण सोध्ने तयारी गरेको महानगरका अधिकारीले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: