×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त ३ सहकारीका बचतकर्ताको सम्पूर्ण बचत फिर्ता 

GLOBAL IME BANK

समस्याग्रस्त ३ सहकारीका बचतकर्ताको सम्पूर्ण बचत फिर्ता 

५ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समस्याग्रस्त तीन सहकारी संस्थाका बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गरिएको छ । सहकारी विभागको सिफारिसमा समस्याग्रस्त घोषणा भएका २० मध्ये ३ सहकारीका बचतकर्ताको सम्पूर्ण बचत रकम फिर्ता गरिएको हो । 

बचतकर्ताको बचत फिर्ता गर्नेमा कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्था रहेका छन् । 

पूँजी व्यवस्थापन गर्न नसक्दा समस्याग्रस्त घोषणा भएका यी सहकारीको सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ  ।

त्यस्तै, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त रहेका अन्य १७ वटा सहकारीको समस्याको स्थायी समाधानका लागि पनि पहल गरिने बताएका छन् ।

पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्तउन्मुख र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीले बताएका छन् । मन्त्री अधिकारीको अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ बढि प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्ताको कार्यलाई तदारुकताका साथ अघि बढाइनेछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सो बमोजिम गठन हुन नसकेका संरचनाहरुः कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रियासमेत अघि बढेको जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: