काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले आन्दोलनरत सहकारी पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । माइतीघर मण्डलतामा सहकारी पीडितहरुको आन्दोलनमा पुगेरै पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
उनले सत्ता र शक्तिको आडमा बचतकर्ताको अर्बौँ पैसा हिनामिना भएको भन्दै आक्रोशसमेत पोखेका छन् ।
‘सहकारीबाट देशको अर्थतन्त्र राम्रो हुन्छ भनेर बैंकमा राख्नुको सट्टा सहकारीमा पैसा राख्दा पैसा हिनामिना भएको छ ।’, उनले भने, ‘सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा सहकारी ठगहरुले लाखौँ जनताको अर्बौँ रकम हिनामिना गरेका छन् ।’
त्यस्तै, केसीले सहकारी ऐनमा संशोधन गरेर भए पनि सहकारी ठग्नेहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । ‘हाम्रो सहकारी ऐनमा नै समस्या छ । सहकारी ऐन २०४८ सालको छ, त्यो अधुरो पनि छ ।’, उनले भने, ‘त्यसकारण सबैभन्दा पहिलो कुरा ऐनमा संशोधन गरेर, सहकारीको नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्छ ।’ साथै उनले प्रधानमन्त्रीले सहयोग गरेर सहकारीको रकम हिनामिना गर्नेलाई गृहमन्त्री बनाएको आरोपसमेत लगाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्