×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारसँग ४ बुँदे सहमतिपछि ट्यांकर व्यवसायीको हड्ताल स्थगित, पेट्रोलियम पदार्थको ढुवानी सुरु

GLOBAL IME BANK

सरकारसँग ४ बुँदे सहमतिपछि ट्यांकर व्यवसायीको हड्ताल स्थगित, पेट्रोलियम पदार्थको ढुवानी सुरु

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी र सरकारबीच ४ बुँदे सहमति भएको छ । सोमबार पेट्रोल ट्यांकर चालक र सरकारबीच भएको वार्तामार्फत ४ बुँदे सहमति भएको हो । 

सरकारसँग भएको ४ बुँदे सहमतिलगत्तै पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । 

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र ट्यांकर चालकबीच भएको वार्तामार्फत नेपाल आयल निगमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको छ ।

आन्दोलनरत ट्यांकर व्यवसायीहरुले सरकारसँग ४ बुँदे सहमति गर्दै सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोकेअनुसार तलबको व्यवस्था गर्न, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, टेम्प्रेचरको सही व्यवस्थापन गर्न, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्न, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गर्न, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गर्न माग गरेका छन् । यस्तो छ सरकार र ट्यांकर चालकबीच भएको सहमतिः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: