×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : समृद्धि फाइनान्समा ‘लुट’, सरुवा भएको भोलिपल्टै मेनेजरले नै भल्ट खोलेर लुटे २३ लाख !, २ कर्मचारी पक्राउ

GLOBAL IME BANK

Breaking : समृद्धि फाइनान्समा ‘लुट’, सरुवा भएको भोलिपल्टै मेनेजरले नै भल्ट खोलेर लुटे २३ लाख !, २ कर्मचारी पक्राउ

२८ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सको सिराहास्थित कसहा साखा लुटिएको छ । गत शनिबार विदाको दिन पारी दिउँसो फाइनान्सको भल्टबाट २३ लाख रुपैयाँ लुटिएको हो । फाइनान्सकै कर्मचारीले अनाधिकृत रुपमा विदाको दिन भल्ट खोलेर त्यहाँ रहेको २३ लाख रुपैयाँ लुटेका हुन् ।
फाइनान्सको सिसिटिभीमा फाइनान्सकै कर्मचारी झोला बोकेर फाइनान्सभित्र छिरेको र २३ लाख रुपैयाँ भल्टबाट झिकेर भागेको देखिएको छ । घटनामा संग्लग्न मुख्य अभियुक्तसमेत रहेका उनी अघिल्लो दिनमात्र फाइनान्सको इटहरी शाखामा सरुवा भएका थिए । सरुवा भएको भोलिपल्टै अर्थात् शनिबार फाइनान्सको शाखा अनाधिकृत रुपमा खोली भल्टको चाबीसमेत दुरुपयोग गरी रकम लिएर भागेको फाइनान्सका एक उच्च अधिकारीले अर्थ सरोकारलाई बताएका छन् ।
‘सिसिटिभी फुटेजमा हाम्रै कर्मचारीले रकम लुटेको देखिएको छ । उहाँ अहिले फरार हुनुहुन्छ । अघिल्लो दिनमात्रै उहाँलाई कसहा शाखाबाट इटहरी शाखा सरुवा गरिएको थियो । भोलिपल्टै यस्तो घटना घटेछ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘सिसिटिभि फुटेजमा आफ्नै कर्मचारी लुटमा संलग्न भएको देखिएपछि हामीले प्रहरीलाई खबर गरेका छौँ । अहिले लाहान प्रहरी र स्थानीय धनगढीस्थित प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।’
प्रहरीले शंकास्पद बैंकका अन्य दुई कर्मचारीलाईसमेत पक्राउ गरेको छ । रकम लुटेर भाग्ने व्यक्ति सोहि फाइनान्समा शाखा प्रमुखका रुपमा रहेको र उनलाई सघाएको हुनसक्ने आशंकामा थप दुईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको फाइनान्सका अधिकारीको भनाई छ । ‘शनिबार शाखा खोलिएको छ, भल्ट रुममा पुगेर आनन्दले भल्ट खोलिएको छ र पैसा बोकेर भागेको देखिन्छ । सो भल्ट, वा शाखाको जिम्मेवारी जसलाई थियो, उनीहरुलाईसमेत पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’ फाइनान्सका ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘पैसा लुट्ने योजना उनको मात्र थियो कि सामुहिक थियो भन्ने विषयमा थप अनुसन्धान भईरहेको छ ।’
लुटिएको सो रकम र लुटमा संग्लग्न सोहि फाइनान्सका तत्कालीन शाखा प्रबन्धक अहिले फरार छन् । प्रहरीले फरार कर्मचारी र लुटिएको रकमको खोजी गरिरहेको छ।
यस विषयमा बुझ्न खोज्दा कम्पनीका सूचना अधिकारी बिनोद राज पौडेलले भने फोन नै उठाएनन् ।
घटनाबारे विस्तृत विवरण संकलन गर्न अर्थ सरोकारको टोली आजै लाहान पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: