×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोलखाको भीमेश्वर नगरपालिकामा सन्तान वृद्धि कार्यक्रम, ३ सन्तान जन्माए तेस्रो सन्तानले १० हजार रुपैयाँ पाउने !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दोलखाको भीमेश्वर नगरपालिकामा सन्तान वृद्धि कार्यक्रम, ३ सन्तान जन्माए तेस्रो सन्तानले १० हजार रुपैयाँ पाउने !  

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिकाले सन्तान वृद्धि कार्यक्रम ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान-उज्यालो भविष्य’ कार्यक्रम ल्याएको हो । 

नगरपालिकाले आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रममार्फत घोषणा गरेको उक्त कार्यक्रमले नगरपालिकामा सन्तान वृद्धि गर्न प्रोत्साहन पुग्ने विश्वास गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले तीन सन्तान जन्माए तेस्रो सन्तानलाई १० हजार रुपैयाँ प्रदान गर्ने नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले घोषणा गरेकी छिन् । 

पछिल्ला दिन नगरपालिकामा जन्मदर घट्दै जाँदा गाउँ नै रित्तिन थालेको भन्दै नगरपालिकाले नीति तथा कार्यक्रममा सन्तान वृद्धि कार्यक्रम समावेश गरेको हो । उक्त कार्यक्रममार्फत नगरपालिकाको जनसंख्या बढाउन र बस्ती जोगाउन प्रोत्साहन हुने नगरपालिकाले जनाएको छ । २०६८ सालको जनगणना अनुसार भीमेश्वरको कुल जनसंख्या ३२ हजार ४ सय ८६ रहेको थियो भने २०७८ सालमा जनसंख्या बढेर ३४ हजार ७ सय १२ पुगेको छ । 

हाल गाउँपालिकाले बसाइँसराइ रोक्न उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई तालिम दिने, सीप लागू गर्न अनुदान दिने तथा उपकरण वितरण गर्ने लगायतका कार्यक्रम चलाउँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी