काठमाडौं । सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाबारे सदनमा प्रश्न उठाएका छन् । बिहीबार संसदमा बोल्दै उनले , ‘चैत्र २५ गतेदेखि पाकेको खिचडी कहिले भाग लाग्छ ?’ भन्दै प्रश्न गरेका हुन् ।
धितोपत्र बोर्डलाई ‘ढिलोपत्र बोर्ड’को संज्ञा दिंदै उनले बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा दैनिक २२ अर्वसम्मको कारोबार भएको बजारका लगानीकर्ताहरु प्रभावित भएको बताएका छन् ।
लामो समयदेखि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा कामकारवाही प्रभावित बनेका छन् ।