×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा कारोबार रकम किन ५ अर्ब माथि पुगेन ? यस्ता छन् शिवचन्द्रले देखेका ६ कारण…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेयर बजारमा कारोबार रकम किन ५ अर्ब माथि पुगेन ? यस्ता छन् शिवचन्द्रले देखेका ६ कारण…

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ता शिवचन्द्रले सेयर बजारमा कारोबार रकम ५ अर्ब भन्दा तल सीमित हुनुका ६ कारण खुलाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गदै उनले सेयर बजारमा लामो समयदेखि दैनिक कारोबार रकम ५ अर्ब भन्दा तल सिमित हुनुका ६ कारण खुलाएका हुन् । 

शिवचन्द्रले अहिले बजारमा नयाँ लगानी नभित्रिनु, सेक्टर रोटेशन  र उधारो कारोबारले नै बजार चलायमान बनाउनु लगायतका कारणले बजारमा कारोबार रकम नबढेको बताएका छन् ।

यस्ता छन् बजारमा कारोबार रकम नबढ्नुमा शिवचन्द्रले देखेका कारण र अहिलेको अवस्थाः

• बजारमा नयाँ लगानी भित्रिएको छैन ।
• सेक्टर रोटेसन र उधारो कारोबारले नै बजारलाई चलायमान बनाएको छ ।
• गज्जबको सेट-अप मिलेको लो-क्याप टोपीको माहौलले बजार तताएकै छ ।
४/१२ को क्याप लागू हुँदा ३००० बिन्दू आसपास  सुरक्षित अवतरण गरेका ठूला र संस्थागत लगानीकर्ता अझै पनि पर्ख र हेरको रणनीतिमा छन् ।
• बजारमै रहेका लगानीकर्तासँग थप लगानीको लागि रकमको अभाव छ ।
• सर्भिस चार्ज तिरेर ऋणको लिमिट बनाएर बस्नेहरु पनि बजारले नयाँ उचाइ लिने सुनिश्चितता र बजारमा सुरक्षित अवतरण हुन सकिने अवस्थाको पर्खाईमा छन् । 

त्यस्तै, उनले जुन दिन कारोबार रकमले नियमित रुपमा ५ अर्ब काटेर नयाँ रेकर्ड राख्दै जान्छ तब बजारमा नयाँ पैसा भित्रियो भन्ने बुझ्नुपर्ने बताएका छन् । सोही तथ्यलाई मनन गर्दै नयाँ गन्तव्यको लागी अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्ने शिवचन्द्रले बताएका छन् । साथै, सेयर बजारबाट पैसा कमाउन ‘कन्फिडेन्स’ जरुरी भएको भन्दै शिवचन्द्रले अरुको भन्दा पहिला आफ्नो ‘कन्फिडेन्स’ बढाउनुपर्ने पनि बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: