×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पादक प्याकुरेल ‘सगरमाथा आर्थिक पत्रकारिता अवार्ड २०८१’ द्वारा सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सम्पादक प्याकुरेल ‘सगरमाथा आर्थिक पत्रकारिता अवार्ड २०८१’ द्वारा सम्मानित

Artha Sarokar

१४ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल ‘इकोनोमिक जर्नालिस्ट अफ दी एयर’ तथा सगरमाथा आर्थिक पत्रकारिता अवार्डबाट सम्मानित भएका छन् । थाइल्याण्डको बैङ्ककस्थित होटल सिजन्समा अर्थ नेपालले आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सम्पादक प्याकुरेललाई सो अवार्ड हस्तान्तरण गरिएको हो ।

अर्थ सरोकार डटकमका सञ्चालकसमेत रहेका प्याकुरेल विगत एक दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय छन् । देशप्रेम साप्ताहिकबाट पत्रकारिता यात्राको सुरुवात गरेका प्याकुरेलसँग रेडियो, टेलिभिजन, र अनलाइन पत्रकारिताको लामो अनुभव छ । 

पछिल्लो समय सेयर बजारका लगानीकर्तामाझ उनका टेलिभिजन कार्यक्रमहरू बढी लोकप्रिय छन् ।

अवार्ड प्राप्त गरेसँगै प्याकुरेलले अवार्ड दिने आयोजकप्रति आभार व्यक्त गरेका छन् । उनले सो अवार्डले आफूलाई थप जिम्मेवारबोध गराएको समेत बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी