×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भ्रष्टाचारको अखडा’का रुपमा बदनामी कमाएको नेपाल टेलिकममा ‘आफ्नो मान्छे’ ल्याउन मापदण्ड नै परिवर्तन !  

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘भ्रष्टाचारको अखडा’का रुपमा बदनामी कमाएको नेपाल टेलिकममा ‘आफ्नो मान्छे’ ल्याउन मापदण्ड नै परिवर्तन !  

Artha Sarokar

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले नेपाल टेलिकममा आफ्नो मान्छे ल्याउन प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड नै परिवर्तन गरेको पाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रस्तावमा मन्त्रिपरिषद्बाट टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड परिवर्तन गरिएको हो । 

स्रोतका अनुसार सञ्चारमन्त्री शर्माले टेलिकमको निर्देशकमा आफ्नो मान्छेलाई ल्याउन मन्त्रिपरिषद्बाटै निर्देशकका लागि चाहिने मापदण्ड परिवर्तन गराएकी हुन् । 

हाल उक्त मापदण्ड परिवर्तन भएको पाँचौँ दिनमा सञ्चार मन्त्रालयले प्रबन्ध निर्देशक पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आगामी १५ दिनभित्र दरखास्त पेश गर्न भनेको छ । 

के-के भए परिवर्तन ? 
मन्त्री शर्माको स्वार्थमा गरिएको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्डमा विशेष तीन वटा मुख्य परिवर्तन गरिएका छन् । 

पहिलो प्रबन्ध निर्देशकका लागि शैक्षिक योग्यतामा सिभिल र मेकानिकल इन्जिनियर थप गरिएको छ भने दोस्रो प्रबन्ध निर्देशक बन्न चाहिने उमेर हद ५६ बाट ५८ पुर्याइएको छ । 

त्यस्तै, मन्त्रिपरिषद्बाट परिवर्तन गरिएको मापदण्डमा नेपाल टेलिकम वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षसहित १२ वर्षको कार्य अनुभव भएको हुनुपर्ने प्रावधानमा लचकता अपनाइएको छ । जसमा व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षको अनुभव चाहिने व्यवस्था हटाइएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी