Skip to content
LAXMI SUNRISE BANK

अकबरे खुर्सानीको मूल्य २५० रुपैयाँले बढ्यो, प्याज पनि १० रुपैयाँले महँगियो (मूल्यसूचिसहित)

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अकबरे खुर्सानीको मूल्य बढेको छ ।  अकबरे खुर्सानीको मूल्य २५० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ४०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, सानो गोलभेडा (टनेल) १३ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २८ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, सेतो मुला हाइब्रिड ४० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ४५, हाइब्रिड घ्यु सिमी ४५, राजमा ९०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ५०, लौका ५०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ३०, हरियो  हरियो फर्सी (डल्लो) २५, सखरखण्ड ७०, भिण्डी १००, पिंडालू १००, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ७०, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली ७०, चुकन्दर ५०, रातो बन्दा ६०, जिरीको साग ७०, सेलेरी १५०, पार्सले २५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २५०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) ४००, खुर्सानी हरियो (माछे) ४०, भेडे खुर्सानी ६०, हरियो लसुन ७०, हरियो धनियाँ ६०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती १८०, अनार २५०, आँप (मालदह) ६०, आँप (दसहरी) ७०, ४०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो २५, रुख कटहर ४०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १२०, लिच्ची भारतीय २२०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK